ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीसी)**ले यही २६ अक्टुबरमा बेलायतमा च्यारिटी डिनर नाइट गर्ने भएको छ।
अल्डरसटस्थित एम्पाएर हलमा २६ अक्टुबर आइतबारका दिन च्यारिटी डिनर नाइट आयोजना गरिने सीएनसीबीसीका अध्यक्ष तर्क रानाले जानकारी दिए। उनका अनुसार कार्यक्रम दिउँसो ४ देखि राति ९ बजेसम्म हुने छ।
च्यारिटी डिनरबाट संकलित केही रकम नेपालमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि प्रधानमन्त्री राहत कोषमा सहयोगस्वरूप प्रदान गरिने अध्यक्ष रानाले जनाए। साथै, केही रकम सीएनसीबीसीद्वारा सञ्चालित वंशजको नेपाली नागरिकता निरन्तरता अभियानका लागिसमेत खर्च गर्ने आयोजकले जनाएका छन्।
कार्यक्रममा सहभागी हुन इच्छुकहरूले अक्टोबर १९ भित्र आफ्नो उपस्थिति निश्चित गरिसक्नुपर्नेछ।
Click here to attend Charity Dinner

