
लन्डन ८ अगस्ट २०२५ । सीएनसीबीजी ले “नेपाल नागरिकता ऐन २०६३ को दफा १० उपदफा १” गोर्खा र गोर्खाका सन्ततिहरूका निम्ति लागू हुनु हुँदैन भनेर अभियान सुरु गरेको र नेपाल सरकारको ढोका ढकढकाएको पनि धेरै समय भइसक्यो । यस बीचमा सीएनसीबीजीको अभियानले वंशजको नेपाली नागरिकताको विषयमा गोर्खा समुदायहरूलाई आजसम्म विभिन्न कार्यक्रम गरी जागरुक बनाउने कोसिस गर्यो । सीएनसीबीजीको अभियानले गोर्खाहरूले नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकता जोगाउनेदेखि लिएर देशको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भूमिका खेलेका हुनाले गोर्खा र निजका सन्ततिहरूको “वंशजको नेपाली नागरिकता निरन्तर” हुनुपर्छ भनेर बुझाउने कार्य गर्यो । त्यसको उदाहरण हो, गत आइतबारको दिन गैरआवासीय नेपाली संघ डा. बद्री केसी प्यानल, गोर्खा टास्क फोर्स यूकेको आयोजनमा भएको जुम मिटिङमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र वरिष्ठ अधिवक्ता तथा संविधनविद् डा. चन्द्रकान्त ज्ञवालीले दिएको अभिव्यक्ति ।
नेपाल सरकारको तर्फबाट गृह मन्त्रालयले “नेपाल नागरिकता ऐन २०६३, लाई संशोधन गर्न बनेको विधेयक २०८१” प्रतिनिधिसभाको गत हिउँदे अधिवेशनमा संशोधनको लागि दर्ता गरेको थियो । सीएनसीबीजीले गोर्खाहरू त्रिपक्षीय सन्धिअन्तर्गत भर्ती भएर बेलायती सेनामा सेवा गरेका हुनाले उक्त ऐनको दफा १० उपदफा १ गोर्खा र निजका सन्ततिहरूका वंशजको नागरिकता निरन्तर हुनुपर्छ भनेर सीएनसीबीजीले लामो समयदेखि संशोधनको माग गर्दै आएको थियो । तर हाम्रो उक्त माग विभिन्न कारणले गर्दा दर्ता गरिएन । तर, त्यसको सट्टामा Satyagraha/BGNCCC-UK/Nepal द्वारा प्रतिनिधिसभामा दर्ता गरेको “नेपाल नागरिकता ऐन २०६३ को दफा ३(१)(४) उपर २०८२ साल जेठ २६ गते (तदानुसार ९ जुन २०२५) बिहीबारको दिन राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल भई विफल भएको थियो । उक्त छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिले गोर्खाहरुको विषय जटिल भएको कारणले गर्दा गहिरो अध्यायन गरी गृह मन्त्रालयालाई छुट्टै विशेष कानुन (ऐन) बनाएर ल्याउनु भनेर निर्देशनात्मक आदेश दिएको थियो । तर हाम्रा मित्रहरुले उक्त फेल भएको मागको दफा र उपदफा फेरि जस्ताको तस्तै राष्ट्रिय सभामा दर्ता गर्न पुग्नुभएको छ । तर प्रतिनिधिसभाबाट विफल भएको उक्त संशोधनको माग राष्ट्रिय सभामा कुन पद्धति र कुन प्रयोजनका लागि लागियो त्यो अत्यन्तै रहस्यको विषय भएको छ ।
सीएनसीबीजीले गरेको जायज मागलाई ओझेलमा पार्ने कोसिस जो जसले गर्नुभयो अन्तत: उहाँहरुको आफ्नै माग ओझेलमा परेको स्पष्टसँग बुझिएको छ । अहिले राज्य व्यवस्था तथा सुशासन समितिको आदेशपछि गोर्खाहरुको लागि छुट्टै विशेष कानुन (ऐन) बनाएर ल्याउनु भनेर गृह मन्त्रालयले नै निर्देशन दिएको हुनाले नेपालको प्रचलित कानुनले जे भने तापनि उक्त प्रचलित कानुन ब्रिटिस गोर्खा र निजका सन्ततिहरूका लागि लागू हुने छैन भनि छुट्टै “ब्रिटिस गोर्खासम्बन्धी विशेष ऐन” लेख्न सुरु गरिसकेका छौं भनेर डा. ज्ञवालीले स्पष्टसँग भन्नुभएको छ ।
नेपालको प्रचलित कानुन भनेको नेपाल नागरिकता ऐन २०६३ नै हो, जुन कुरा सीएनसीबीजी ले आजसम्म भन्दै आएको छ । अहिले डा. ज्ञवालीज्यूले जे गरिरहेको छु भनेर भन्नु भएको छ, त्यो गोर्खा समुदायको लागि सकारात्मक सन्देश हो । आजसम्म उहाँले गोर्खा समुदायको लागि जे योगदान गर्नुभएको छ त्यो साधारण छैन । त्यो अतुलनीय छ र त्यसको लागि उहाँलाई साधारण धन्यवादले मात्र पुग्दैन । तर यति भयो भन्दैमा हामी खुशी भइहाल्नु पर्ने कारण भने छैन । हाम्रो त्यो माग कानुनको रुपमा तयार भएर आएपनि त्यसले धेरै हर्डलहरू पार गर्नुपर्ने छ ।
तसर्थ: सीएनसीबीजीले ती सबैकुरा जानकारी गराउने उद्देश्यले यी तल उल्लेखित मितिहरूमा कार्यक्रम गर्ने भएकोले हामी सम्पूर्ण गोर्खाजन्य संघ संस्थाहरूमा आवद्ध दाजुभाइ, दिदीबहिनी र भान्जा भान्जीहरूमा सीएनसीबीजीको उद्देश्य के हो र यसले के गरिरहेको छ भन्ने चासो लिई बुझ्नुहुन र हातेमालो गर्नहुन हार्दिक आह्वान गर्दछ ।
कार्यक्रमहरूको तालिका:
१. विश्व आदिवासी दिवस, ९/१० अगष्ट २०२५
Address: Kirat house, Woking GU23 6SH
२. नेपाली मेलामा, २४ अगष्ट २०२५ Kempton Park Race Course
TW16 5AQ
सम्पूर्ण गोर्खाजन्य संघ संस्थाहरू सम्मिलित, झॅाकी प्रदर्शनसहित मार्च पास हुनेछ । तसर्थ: हामी सम्पूर्णमा उक्त दिन सीएनसीबीजीको मार्च पासमा जोडिन आह्वान गर्दछौं ।
३. 13-Sept Round Table Talk. १३ सेप्टेम्बर २०२५
Empire Hall Aldershot GU11 1DJ
यस कार्यक्रममा बेलायतमा भएका सम्पूर्ण संघ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूलाई निमन्त्रणा गरिने छ । सम्पार् नभएर जो जसलाई निमन्त्रणा पुग्दैन उहाँहरूले यसैलाई निमन्त्रणा मानी उपस्थित भइदिनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं ।
४. 26 Oct (Tbc) DINNER NIGHT (देउसी भैलो कार्यक्रम)
(कार्यक्रमको विवरण पछि दिइने छ)


