२१ नोभेम्बर  २०२५, नेपाल राजदूतावास लन्डन। 

नागरिकताको निस्सा देखाएर बेलायतबाटै मतदान गर्न पाउन-माग ।

नेपाली नागरिकता निरंतरता अभियान CNCBG का अध्यक्ष थर्क रानाको नेतृत्वको एक प्रतिनिधि मन्डलले २१ नोभेम्बर २०२५ शुक्रबारको दिन नेपाल राजदूतावास लण्डन पुगि कार्यवहाक राजदूत (Charge d’ Affaires a.i.) श्री विपिन दुवाडिज्यू साथै द्वितिय सचिव श्री सन्जोग राईज्यूसंग अपरान्ह दुई बजे देखि ४ बजेसम्म झन्डै दुई घन्टा लामो छलफल गर्‍यो ।

उपाध्यक्ष दल बहादुर बुढाथोकीज्यूले संचालन गर्नु भएको कार्यक्रममा आफ्नो भनाइ राख्दै अध्यक्ष थर्क रानाज्यूले, राज्यले सुम्पेको गहन जिम्मेवारी प्रति कार्यवहाक राजदूतज्यूलाई बधाई तथा कार्य सफलताको सुभकामना व्यक्त गर्नुका साथै भेटको अवसर प्रदान गर्नुभएकोमा दुतावास परिवारलाई धन्यवाद टक्र्याउँदै सिएनसिबिजिले आजसम्म निरन्तर गोर्खा र निजका सन्ततिहरूका लागि नेपाली नागरिकता ऐनको दफा १०(१) संशोधन गर्ने कुरा गरिरहेको छ भनेर प्रष्टसंग राख्नु भयो । उहाँले संविधानत हामी गोर्खाहरू नेपाली नै हौं । हाम्रो यो माग अन्तरिमनै भएपनि हालको नेपाल सरकारले पुरा गर्नसक्छ र गर्नुपर्छ भन्नेमा विशेष जोड दिनुभयो । त्यसैगरी केन्द्रिय सदस्य एवं वेब एडमिन कृष्ण बहादुर थुलुङ राईज्यूले बेलायतमा बसोवास गर्ने गोर्खाहरूले आगामि राष्ट्रिय निर्वाचनमा आफ्नो नेपाली नागरिकताको निस्सा देखाएर बेलायतमै मतदान गर्न पाउने व्यवस्था दूताबासले मिलाउनुपर्नेमा जोड दिंदै ज्ञापनपत्र पढनुभएको थियो । त्यसपछि सिएनसिबिजिका अध्यक्षज्यूले गोर्खाहरूको माग सहितको अवधारणापत्र दूतावासमार्फत अन्तरिम सरकारकी सम्माननीय प्रधानमन्त्री शुशीला कार्कीज्यूसमक्ष पुर्‍याउन कार्यवहाक राजदूतज्यूलाई हस्तान्तरण गर्नुभयो ।

ज्ञापनपत्र बुझेपछि कावा राजदूतज्यूले हामी पनि विदेशमा बस्ने युवाहरूलाई नेपालसंग कसरी जोड्न सकिन्छ भन्ने खोजीमा छौं । नेपाल र बेलायतको इतिहास गोर्खाहरूको कारणले लामो समयदेखि पुलको रुपमा काम गरेको र सुमधुर रहेको छ । तपाईंहरूले आफ्नो जायज माग लिएर आउनु भएको छ । यहाँहरूको यो माग नेपाल सरकारसंग जतिसक्दो छिटो पठाउँछु । ढुक्क हुनुहोस यो मेरो दायित्वभित्र पर्दछ । तर कतिपय काम राजनीतिक क्षेत्राधिकारभित्र पर्छ त्यस्तो काम मैले गर्न नसकौंला तर मैले तपाईंहरूको चासो र मागलाई सम्बन्धित निकायमा पुर्‍याउँछु भन्नुभयो । 

सिएनसिबिजिको प्रतिनिधि मण्डलमा अध्यक्ष सहित संस्थाका उपाध्यक्ष श्री दल बहादुर बुढाथोकी, मेडिया सेक्रेटरी श्री मोहन गुरुङ, वेबसाइट एड्मिन श्री कृष्ण कुमार थुलुङ राई,लाइफ मेम्बर श्रीमति सोभा राना, श्री गमर थापा अध्यक्ष गेसो, प्लम्सस्टिड शाखा तथा आजीवन सदस्य सिएनसिबिजि, र सिनिएर सिटिजन ८७ बर्षिय-पदम बहादुर थापा मगर सल्लाहकार जिगेसा साथै आजीवन सदस्य सिएनसिबिजी उपस्थित हुनुहुन्थ्यो।  

दल बहादुर बुढाथोकी – उपाध्यक्ष सिएनसिबिजी



Scroll to Top
x  Powerful Protection for WordPress, from Shield Security
This Site Is Protected By
Shield Security