सिएनसिबिजी (CNCBG) को वार्षिक साधारण सभा (AGM) सम्बन्धी

🚨 सूचना ! सूचना !! सूचना !!!

विषय: सिएनसिबिजी (CNCBG) को वार्षिक साधारण सभा (AGM) सम्बन्धी।

सिएनसिबिजीका अध्यक्षज्यू, वरिष्ठ सल्लाहकारज्यूहरू, सदस्यज्यूहरू, साथै सम्पूर्ण गोर्खाली दाजुभाइ, दिदीबहिनीहरू, भान्जाभान्जीहरू र गोर्खालीलाई माया गर्नुहुने सम्पूर्णमा हार्दिक नमस्कार!

सिएनसिबिजी (CNCBG) को वार्षिक साधारण सभाको बारेमा आवश्यक पर्ने पूर्ण विवरणसहितको फ्लायर (Flyer) हाम्रो आधिकारिक भाइबर प्लेटफर्ममा सेयर भइसकेको जानकारी गराउँदछौँ।

सम्पूर्ण सदस्यज्यूहरूमा हामी विनम्र अनुरोध गर्दछौँ कि सबै गोर्खाजन्य समुदाय, समाज तथा संस्थाहरूमा यो सूचना वितरण (Share) गरिदिनुहोला र उहाँहरूलाई यस साधारण सभा (AGM) मा उपस्थितिका लागि निमन्त्रणा गरिदिनुहोला। तपाईंहरूले पुर्‍याउनुभएको सहयोग एकदमै सराहनीय छ र हाम्रो मुख्य उद्देश्य (नाकारिकता निरन्तरता) प्राप्त नभएसम्म यहाँहरूको साथ र सहयोग निरन्तर आवश्यक रहनेछ।

साधारण सभाको विवरण (Program Details)

मिति (Date): ३० मे २०२६ (30th May 2026), शनिबार
समय (Time): बिहान ११:०० बजेदेखि दिउँसो ५:०० बजेसम्म (11am – 5pm)
स्थान (Venue): Empire Hall, Aldershot, GU11 1DJ

क्षमाप्रार्थी नोट: साधारण सभाको मिति पहिले नै निर्धारित गरिएको भए तापनि नेपालको राजनीतिक अस्थिरताका कारण र हाम्रा आदरणीय अध्यक्षज्यू गोर्खाकै मुद्दाका लागि जन्मभूमि (नेपाल) प्रस्थान गर्नुभएको र फर्कने मिति केही समयका लागि अनिश्चित भएकाले हामीने पर्याप्त समय अगावै यहाँहरूलाई जानकारी गराउन सकेनौँ। यसका लागि हामी क्षमाप्रार्थी छौँ।

यद्यपि, यो महत्वपूर्ण घडीमा यहाँहरूको उपस्थिति अति आवश्यक भएकाले सम्पूर्णमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। साथै, जो अहिलेसम्म हाम्रो अभियानको सदस्य (Member) बन्नुभएको छैन, उहाँहरूलाई पनि आजै मेम्बर बनिदिनुहुन विनम्र आग्रह गर्दछौँ।

🍔 खान-पान तथा व्यवस्थापनका लागि नाम दर्ता गर्नुहोस्

साधारण सभामा उपस्थित हुनुहुने महानुभावहरूको सही मूल्याङ्कन गरी खान-पान र सीटको उचित व्यवस्थापन गर्नका लागि तलको भाइबर लिंकमा क्लिक गरी सबैभन्दा नयाँ POST लाई ‘Copy and Paste’ गरेर आफ्नो नाम थप्दै जानुहोला।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
x  Powerful Protection for WordPress, from Shield Security
This Site Is Protected By
Shield Security