
कार्यक्रम: सि.एन.सि.बि.जि. को वार्षिक साधारणसभा तथा नेपाली नयाँ वर्ष २०८२ उत्सव
ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सि.एन.सि.बि.जि.) ले आफ्नो वार्षिक साधारणसभा तथा नेपाली नयाँ वर्ष २०८२ को विशेष उत्सव संयुक्त रूपमा आयोजना गर्दैछ। यस कार्यक्रममा चर्चित कलाकार गायिका सुश्री पवित्र गुरुङ र वहाँको टिमको भव्य सांगीतिक प्रस्तुति पनि रहनेछ।
सि.एन.सि.बि.जि. यस महत्वपूर्ण अवसरमा सम्पूर्ण नेपाली संघसंस्थाका अध्यक्षज्यूहरू लगायत समस्त गोर्खा सैनिकहरू र वहाँहरूका आदरणीय परिवारजनहरूलाई हार्दिक स्वागत तथा उपस्थितिको लागि निमन्त्रणा गर्दछ।
स्मरण रहोस्: यश नवबर्ष सेलेब्रेशन कार्यक्रमका प्रमुख अतिथि हाम्रा राजदूत महामहिम: चन्द्रकुमार घिमिरे ज्यू हुनुहुन्छ।
कार्यक्रम सम्बन्धी विवरण:
- मिति: आइतबार, २० अप्रिल २०२५ (Sunday, 20 April 2025)
- समय: दिउँसो १२:०० बजे देखि राति १०:०० बजे सम्म (Time: 12:00 – 22:00)
- स्थान: द प्यालेस रेस्टुरेन्ट, ३५ स्टेशन रोड, अल्डरसट, GU11 1BA (The Palace Restaurant, 35 Station Road, Aldershot, GU11 1BA)
- प्रवेश शुल्क: £२५ प्रति व्यक्ति (खाना सहित) (Entrance Fee: £25 Including food)
सबैलाई यस वार्षिक साधारणसभा तथा नयाँ वर्ष उत्सवमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन अनुरोध गरिन्छ।



https://cncbg.org/agm-new-year-celebrations/