






गत फागुण १०, २०८१,तदानुसार फेब्रुअरी २२,२०२५ का दिन, सालिग्राम होटेल , जावलाखेल , ललितपुरको सभाहलमा सिएन्सिबिजिको आयोजना तथा भुपुसैकका समिती नेपालको सह आयोजनमा बृटिश गोर्खाका बंसजको नेपाली नागरिकता निरन्तरता बारे संपन्न गरिएको जानकारी भेला तथा पत्रकार सम्मेलन पश्चात् सोही ठांउमा- सांझ राखिएको भुपुसैकका समिती नेपालको बार्षिक सधारण सभा द्वारा अध्यक्षमा श्री हुमबहदुर थापा,उपाध्यक्षमा श्री मिनबहादुर थापा, सचिबमा अधिबक्ता श्री चेतबहादुर आले, कोषाध्यक्षमा श्री खुनबहादुर राना , सदस्य हरुमा :श्री प्रेमबहादुर पुन मगर,मिस पबित्रा राना,मिसेस कुन्ता थापा,श्री अशोक भट्टचन,श्री श्री बुढाथोकी,श्री पुर्ण बहादुर राना मगर ,र प्रबिता थुलुङ्ग नियुक्त हुनु भएका छन ।
अध्यक्ष हुम बहादुर थापा एक साहासिक, स्पस्टबक्ता समाजसेवि युवानेता हुनुहुन्छ, वहाँ मानव शृजित अन्याय विभेद र भेदभावको बिरुद्ध संघर्सशिल अभियान्ता हुनुकासाथै दर्जनौ संघसंस्थामा आवद्ध हुनुहुन्छ । हाल वहाँ नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघको केन्द्रिय अध्यक्ष पनि हुनुहुन्छ। वहाँ लगाएत कार्य समितिका संपूर्ण लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना।
एसैगरी गत २८ फेब्रुअरी २०८१ का दिन जावलाखेलको रिडि लाउन्ज को सभाहलमा सम्पन्न उक्त दुबै कार्यक्रमहरु लगाएत सिएन्सिबिजिको डिलिगेसन नेपाल आएपछी भएगरेका गतिबिधिउपर राखिएको समिक्षा भेलाको अवसरमा कल्याणकारी समितिले आफ्ना सल्लाहकारहरु पनि नियुक्त गरेको छ, जस्मा: प्रमुख सल्लाहकार श्री लाल बहादुर घिसिङ्ग, बरिस्ठ कानुनी सल्लहकार, सम्बिधानबिद तथा महाधिबक्त डा: चन्द्रकान्त ज्ञवाली , सल्लहकार हरुमा: श्री एस राई, क्या: देउबहादुर राना, र मे. वीरबहादुर सुनुवार हुनुहुन्छ।
सो समिक्षा बैठकले १० फाल्गुणमा भएको दुबै कार्यक्रम पूर्ण सफल भएको,विभिन्न रा इस्तरका निउजमिडिया: हिमालखबर , नेपाल टिभि, बिएफबिएस,गोल्खबर मेडिया आदिबाट प्रसारण गरिएको , गृहमन्त्रीज्यु संगकोभेट अर्थपूर्ण रहेको, डिलिगेशन टिम नेपाल पुगेपछी विभिन्न मन्त्रालय एवम पाटी कार्यलहरु: १)गृह मन्त्रालय। २) नेपाली काँग्रेश ३)एमाले ४) नेकपा (मावबादी) ५)नेकपा (एकक्रीतसमाजबादी) ६) राप्रपा ७)नेपालमजदुर किसान पार्टि ८) जसपा नेपाल र ९) स्वतन्त्र, मा पुगि ज्ञापन पत्र दर्ता गराईएको, गोर्खाको नागरिकता निरन्तरताको माग सरकारी बिधेकको रुपमा दुबै सदनमा ब्यपाक छलफलमा लैजानेगरी एक ससक्त रास्टृय मुद्दा को रुपमा दर्ज भएको- ठहर गर्दै अब सवै पाटि र सांसद हरुलाई एकजुट भएर लबिङ गर्ने, र सरोकार वालाको पक्षको तर्फबाट निकटभबिष्यमै हुने सांसदहरू संगको बहसमा सहभागीभै ससक्त रुपमा प्रस्तुतहुने पनि निर्णय गर्यो। मुद्धा अगाडि बढ्दै गर्दा हाम्रा मेम्बर हरुलाई नागरिकता सम्बन्धी केही सम्स्या तथा अड्चन परेमा तथा पारिएमा एथा सिघ्र हाम्रो समितीमा संपर्क गर्न सलाहकारज्यु हरुको समेत सुझाव रहेको छ।
सिएन्सीबिजिको माग अझैपनी सुल्झाउने भन्दा अल्झाउने तर्फनै पाटी र सांसदहरुको गतिबिधी उन्मुख हुँदै गएमा अर्को बिकल्प भनेको सडक संघर्स र सर्वोच्चनै भएको संयुक्त रुपमा स्वुईकारियो।
नेपाल सम्पर्क,अध्यक्ष: भुपुसैनिकस नेपाल-हुम बहादुर थापा पचभैया मगर 09841593606। सचिव भुपुसैनिकस नेपाल, अधिवक्ता: चेत बहादुर आले 9849045691
थर्क राना,
अध्यक्ष: CNCBG (Continuation of Nepali Citizenship for British Gurkhas)
सम्पर्क: 00447859884822


