सिएन्सिबिजिको साधारणसभा एवम नयाबर्ष २०८२ उत्सव भब्यताको साथ सम्पन

20th April 2025

गत २० अप्रिल २०२५ आइतबार, दि प्यालेश एण्ड भेनु,३५ स्टेसन रोड, अल्डर्शट  GU11 1BA मा बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सि.एन.सि.बि.जि.)ले संस्थाको अध्यक्ष थर्क रानाको सभापतित्व र नेपाल चाप्टर (भूतपूर्व सैनैक कल्याणकारी समिति नेपल)को अध्यक्ष हुम बहादुर थापाज्यूको प्रमुख आतिथ्यमा संस्थाको पहिलो वार्षिक साधारण सभा भव्यताकोसाथ सम्पन्न गर्‍यो । उक्त सभामा बेलायतमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सल्लाहकारज्यूहरु, केन्द्रिय समितिका सदस्यहरु साथै सर्वसाधारणहरुको गरिमामय उपस्थिति रहेको थियो ।  सधारणसभा पछि चर्चित गायिका पवित्र गुरुङको उत्क्रिस्ट नववर्ष सांगीतिक धमाकाको साथ सम्पूर्ण कार्यक्रम समापन गरिएको थियो। अपरान्ह १ बजे सुरु भएको कार्यक्रम राति १० बजे टुङ्गिएको थियो। 

कार्यक्रम अध्यक्ष थर्क राना र प्रमुख अतिथि सिएन्सिबिजि,नेपाल च्याप्टर( भूपू सैनिक कल्याणकारी समिति नेपाल)का अधक्ष्य  हुम थापाज्यूले पानसमा बत्ती बाल्नुभए पश्चात  नेपाल र बेलायत दुबै देशको राष्ट्रिय धुन बजाएर सुरुवात गरिएको थियो । विशिष्ठ अतिथि र अतिथिज्यूहरुलाई श्रीमती शोभा राना र   रामलादेवी राइ ज्यु हरु द्वारा खादा लागाएर स्वागत गरिएको थियो ।  महासचिव भक्त रानाज्यूले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष दल बहादुर बुढाथोकिज्युले  स्वागत मन्तव्य सहित आफ्नो मन्तव्य राख्नु  भयो ,कोषाध्यक्ष याम थापाज्यूले सस्थाको अहिले सम्मका आर्थिक विवरण वृस्तितमा प्रस्तुत गर्नु भएको थियो भने , सह प्रवक्ता दिर्घ गुरुङज्युले बिधान प्रस्तूत गरि पारित गराउनु भएको थियो। 

त्यसपछि प्रमुख अतिथि हुम थापाज्यूले नेपाल च्याप्टर तथा समितिको विषयमा जानकारी दिनुभएको थियो भने सिएनसिबिजिका अध्यक्ष थर्क राना केन्द्रिय सदस्य कृष्ण राईज्यू  र सल्लाहकार भूपू मेजर बीरबहादुर सुनुवारज्यु हरुको एक डिलिगेसन नेपाल गएको बेला सिएनसिबिजी र भूपू सैनिक कल्याणकारी समितिको संयुक्त संयोजकत्वमा गृहमन्त्री मा.रमेश लेखकज्यूसँगको भेट लगायत १० फाल्गुन  शनिवारका दिन जावलाखेल, ललितपुरमा अवस्थित सालिग्राम होटेलमा  मन्त्री तथा सांसदहरुको उपस्थितिमा गरिएको जानकारी भेला र बिभिन्न मन्त्रालय र पाटि कार्यालयमा पुगी बुझाईएको ज्ञापनपत्र हरु बारे के स  कृष्ण राईज्यूले वृस्तितमा अप्डेट गराउनु भएको थियो, 

कार्यक्रममा डा. मुलिवीर राईज्यूले वंशजको आधारमा नेपाली नागरिकता निरन्तरताको अभियान र यसको महत्व र आवश्यकता बारे विभिन्न तथ्य र आधारहरु पेश गर्दै सबैलाई सिएनसिबिजिको अभियानमा स्वत स्फुर्त जोडिएर सहयोग गर्नु पर्ने आजको आवश्यकता हो भन्दै जोड दिनु भएको थियो

त्यसैगरी गोर्खा अभियन्ता एवं अनसनकर्ता तथा नेपाली कांग्रेश  समाजवादी पार्टीकी उपाध्यक्ष पुष्पा राणा घलेज्यूले पुर्व वक्ताहरुको भनाई प्रति समर्थन जनाउदै सन्धि सम्झौता अन्तर्गत भर्तिभएका गोर्खालीहरु र तिनका सन्ततिहरुलाई नेपाल सरकारले बिनाशर्त नागरिकता निरन्तरता दिनुपर्छ भन्दै त्यस कुरामा नेपाल सरकारलाई दबाव सिर्जना गर्न र  संवोधन गराउन सबै गोर्खा संघ संस्थाहरुबीच एकताको खाँचो औंलाउदै एकताकोलागि जोडदार रुपमा आव्हान गर्नु भयो ।  

आफैले गरेको संधि आफैले उलंघन गरेको मानिन्छ । नेपालले संयुक्त राष्ट्र संघको सदस्य १९५५ मै प्राप्त गरेको हो । एउटा संधि पक्षधर राष्ट्र भएको नाताले उसले संयुक्त राष्ट्रसंघको वडापत्रमा भएको नियम कानुनहरु अक्षरस पालना गर्नुपर्ने हुन्छ । यदि उसले ती कानुन अन्तर्गत रहेर गरेका संधि सम्झौताहरु उलंघन गर्छभने उसको विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरी उपचार खोज्ने अधिकार सुरक्षित छ । त्यसैले गोर्खाहरुले नेपाल सरकार विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्न सक्ने अधिकार सुरक्षीत त्यस लगत्तै गेसोका उपाध्यक्ष होम तामाङ्गज्यूले सि.एन.सि.बि.जि.का अध्यक्ष थर्क रानाज्यू समक्ष तपाईं तत्कालिन बि.जि.एन.सि.सि.सि.को अध्यक्ष हुँदा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाउने क्रममा उक्त ज्ञापनपत्रमा गोर्खा भूपू सैनिकलाई “गैर आवासिय गोर्खा नेपाली” भनियोस भनिएको भन्ने सुनिन्छ के त्यो वास्तविकता हो ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष रानाले त्यसबेलाको परिथितिमा एन.आर.एन. ए.का अध्यक्षहरुले हाम्रा सिधासाधा गोर्खाहरुलाई भटाभट एन.आर.एन.ए.को सदस्यता वितरण गरिरहेको अवस्था थियो । त्यसैले गोर्खाहरुलाई एन.आर.एन.हरु भन्दा फरक हुन भन्ने देखाउनकोलागि कल्पना गर्दै गर्दा उब्जिएको शब्द हो त्यो, जुन यहाँहरु जस्ता हाम्रा धेरै साथीहरुलाई मन नपरेको हुँदा मैले त्यतिबेलै एन.आर.एन. भन्ने शब्द अब उप्रान्त प्रयोग गरिने छैन भनेर माफी मागी सकेकै हो । अब त त्यसलाई छोडेर हामी धेरै अगाडि बढिसकिएको र त्यसले गर्दा नै आज हामी यहाँसम्म आइपुगेको अवस्था छ । त्यसबेलादेखि आजसम्म हाम्रो संस्थाले गोर्खाहरुको सम्बन्धमा एन.आर.एन. भन्ने शब्द कहिँ कतै प्रयोग गरेको छैन र अब पनि गरिने छैन । त्यतिले मात्र तपाईंहरुको चित्त बुझेको छैनभने म अहिले पनि यहि मन्चबाट पनि यहाँहरु समक्ष माफि माग्दछु।  अघाडि बढाउने क्रममा काम गर्दै जाँदा हुने भुलचुकवस अथवा अन्जानमा हुने कमिकमजोरी  उपर संस्थाभित्र छलफल गरी सहमति र असहमति प्रकट गर्नेहोला । त्यस्तो कुरा उपर समितिमा कुनै छलफल नगरी संस्थालाई आघात पुग्नेगरी बाहिर बाहिरै अरजकता मच्चाउँदै हिंड्नु जायज र वुद्धिमत्तापूर्ण काम त होईन होला नि भन्ने अध्यक्ष रानाको  जवाफ थियो ।  त्यस्तै वहाँले बिजिएनसिसिसीयुके  बाट किन सिएनसिबिजी बनाउनु पर्‍यो भन्ने प्रश्नको बारेमा पनि बिजिएनसिसिसियुके लाई च्यारिटीमा दर्ता गराउने क्रममा बृटिश भन्ने शब्द अगाडि राख्दा बेलायतको कानुन अनुसार त्यो संस्था दर्ता गर्न नमिल्ने भएको कानुनी सल्लाहा  बमोजिम सिएनसिबिजी नामकरण हुन गएको बारे प्रष्ट पार्नुभयो ।

नेपाल सरकारलाई संधिसँग जोडेर उसले गोर्खाहरुको बारेमा संधि उलंघन गरेको भनि मुद्दा हाल्न सकिन्छ भनिएको छ । के नेपाल सरकारले संधि मान्नैपर्ने त्यस्तो अन्तराष्ट्रिय वाध्यता छ ? भन्ने देउ कुमार गुरुङ्गज्यूले सोध्नुभएको प्रश्नको उत्तरमा, सि.एन.सि.बि.जि.का सह प्रवक्ता तथा केन्द्रिय सदस्य दिर्ग गुरुङ्गज्यूले कुनैपनि देशले उसले अन्य राष्ट्रसँग गरेको संधि सम्झौताहरु अक्षरस मान्नुपर्ने हुन्छ । बेलायत सरकारले गोर्खाहरुलाई उनीहरुको देशका लागि अतुलनीय योगदान गरे बापत त्यो गुण तिर्न सन २००४ सालमा आवासीय अधिकार दिन सकिने निर्णय गरी नेपाल सरकार समक्ष सोधी एउटा पत्र पठायो । त्यसपछि तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाज्यूले त्यसले गोर्खाहरुको वेलफेयरमा राम्रो हुन्छ भने नेपाल सरकारको तर्फबाट कुनै रोकावट नहुने पत्र  बेलायतलाई पठाएपछि बेलायत सरकारले गोर्खाहरुलाई आवासीय अधिकार प्रदान गरेको हो । त्यसरी दुई देशबीच सहमति गरी गोर्खाहरुले पाएको आवासीय अधिकारपछि बेलायतमा अहिले दुई लाख गोर्खा र गोर्खासँग सम्बन्धित परिवारहरु बसोवास गर्छन । त्यसरी भर्तिका कारण बेलायतमा बसोवास गरेका गोर्खा र गोर्खाहरुको वंशजको नागरिकता खोस्नु भनेको खोस्नु भनेको आफैले गरेको संधि आफैले उलंघन गरेको मानिन्छ । नेपाले संयुक्त राष्ट्र संघको सदस्य १९५५ मै प्राप्त गरेको हो । एउटा संधि पक्षधर राष्ट्र भएको नाताले उसले संयुक्त राष्ट्रसंघको वडापत्रमा भएको नियम कानुनहरु अक्षरस पालना गर्नुपर्ने हुन्छ । यदि उसले ती कानुन अन्तर्गत रहेर गरेका संधि सम्झौताहरु उलंघन गर्छभने उसको विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरी उपचार खोज्ने अधिकार सुरक्षित छ । त्यसैले गोर्खाहरुले नेपाल सरकार विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्न सक्ने अधिकार सुरक्षीत छ । 

एसरी पहिलो शेशनको अन्त्य गरिदै गर्दा संस्थाबाट पाल्नु भएका संस्था प्रत्निधी हरु: तमु फेलुका अध्यक्ष कया. रि डेम्बहादुर गुरुङज्यु,तमुधिका अध्यक्ष श्री जुमकाजि गुरुङज्यु, मगर संङ्घका अध्यक्ष लालबहादुर पुन मगरज्यु, पैयुखोला मगर समाजका अध्यक्ष श्री नेत्र आलेज्यु, …….. हरु र स्लाहकारज्यु हरु सबैलाई समर्थन र एक्यवद्धताको लागि एकमुस्ट धन्यबाद ज्ञापन गरिएको पछि, दोस्रो चरणमा डिसिएम सोभराजगुरुङ, ८४ बर्षिय ठिटो क्या रि बिरबहादुर गहा र चर्चित गयिका चेली पबित्र गुरुङज्यु हरुले नवबर्ष धमका मच्चाउनु भएपछि १० बजे संपूर्ण कार्यक्रम अन्त्य भएको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
x  Powerful Protection for WordPress, from Shield Security
This Site Is Protected By
Shield Security