गोर्खाजन्य संघ संस्थाहरुलाई भ्रामक कुराको पछि नलाग्न CNCBG को आग्रह।

बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता
Continuation of Nepali Citizenship for British Gurkhas (CNCBG)

मिति: जुलाई २०२५

गोर्खाजन्य संघ संस्थाहरुलाई भ्रामक कुराको पछि नलाग्न CNCBG को आग्रह।

आदरणीय सम्पूर्ण बृटिश गोर्खा दाजुभाइदिदीबहिनी तथा भान्जा भान्जीहरुमा CNCBG को तर्फबाट सादर प्रणाम एवं नमस्कार।

CNCBG (Continuation of Nepali Citizenship for British Gurkhas) तथा भूपू सैनिक कल्याणकारी समिति नेपालबेलायत र नेपालमा (दर्ता न. १५२९८९८७ र दर्ता नं. ३७०२०६००६१) दर्ता भएको गैर नाफा मुलक संस्था हो। यो व्यक्तिगत उदेश्यको लागि नभएर सम्पूर्ण गोर्खा समुदायको न्याय प्राप्तिकोलागि लागिपरेको छ। यसको मुख्य उदेश्य गोर्खा र निजका सन्ततिहरुलाई नेपाली नागरिकता सम्बन्धि आइपर्ने समस्यालाई सहयोग पुर्‍याउनु हो । यस संस्थाले आजसम्म कसरी काम गरिरहेको छ भन्ने कुरा त सबैको अगाडि घामजस्तै छर्लङ्ग छ। तरकेहि दिनदेखि BGNCCC -UK/Nepal को नामबाट CNCBG माथि विभिन्न विषयमा आक्षप लगाउँदै सम्पूर्ण गोर्खा समुदायलाई भ्रममा पार्न एउटा प्रेस विज्ञप्ति सबैतिर सर्कुलर भएको सुन्न र देख्नमा आएको छ। 

CNCBG ले दफा १०(१) लाई नै किन महत्वपूर्ण ठानेको छ?

किनकि“नेपाल नागरिकता ऐन २०६३ को दफा १० उपदफा १” अनुसार यदि नेपालको कुनै नागरिकले “आफूखुसी” कुनै अन्य विदेशी मलुकको नागरिकता प्राप्त गरेमा निजको नेपाली नागरिकता कायम रहने छैन भन्ने व्यवस्था गरेको छ।

CNCBG को माग के हो त

त्यसैले हाम्रो माग भनेको, गोर्खाहरु सन १९४७ सालको त्रि-पक्षीय सन्धि लगायत विभिन्न समयमा गरेका सन्धि, सम्झौता अन्तर्गत भर्ति भएर बेलायती सेनामा सेवा गरेका हुनाले, माथि उल्लेखित उक्त ऐनको दफा १०(१) गोर्खा र निजका सन्ततिहरूका हकमा भने लागू हुनु हुँदैन भन्ने हो। तसर्थ: बेलायती सेनामा बहाल रहेका एवं सेनामा सेवा गरी अवकाश प्राप्त गरेपछि आवासीय अधिकार पाएर बेलायतमा बसोबास गर्ने गोर्खा साथै निजका सन्ततिहरुको वंशजको नेपाली नागरिकता कायमै रहनुपर्छ भन्ने हो।

CNCBG प्रति राज्य व्यवस्था तथा सुशासन समितिको आश्वासन र बेवास्ता

गत ९ जुन २०२५ मा “राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा “नेपाल नागरिकता ऐन २०६३,लाई संशोधन गर्न बनेको विधेयक २०८१” माथि छलफल भयो । त्यसभन्दा पहिला CNCBG ले २२ फेब्रुअरी २०२५ शनिबारको दिन शालीग्राम होटलललितपुरमा संस्थाका अध्यक्ष श्री थर्क राना र कार्य समितिका सदस्य श्री कृषण राईज्यूको उपस्थित रहेको कार्यक्रम साथै १७ मार्च २०२५ सोमबारको दिन्रिडी लाउन्ज पुल्चोकललितपुरमा “राज्य व्यवस्था तथा सुशासन समिति”का सभापति माननीय रामहरि खतिवडाज्यू उपस्थित भएर हामीले बुझाएको ज्ञापनपत्रको बारेमा भन्नु भएको थियो कि, तपाईहरुको मागमाथि जब समितिको बैठक बस्छत्यही दिन CNCBG लाई समेत बोलाएर छलफल गरेर मात्रै निर्णय गरिनेछ।“ तरउक्त दिन बसेको समितिको बैठक चाहिँ हामीलाई थाहै नदिई बसेको रहेछ । अचम्म के भयो भने, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा हामीले बुझाएको दफा १०(१) को सट्टा BGNCC -UK/Nepal ले बुझाएको दफा ३(१)(४) लाई प्रस्तुत गरी Satyagraha/BGNCCC -UK/Nepal का साथीहरु समेतको उपस्थितमा छलफल गरिएको रहेछ। तर “बृटिश गोर्खाहरुको नागरिकताको विषय एकदमै गम्भीर विषय भएको कारण उक्त विषयमा गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग गहिरो छलफल गर्नुपर्ने आवश्यकता महशुस गरेर त्यस दिन राज्य व्यवस्था तथा सुशासन समितिले कुनै निर्णय नगरेको थाहा हुन आयो। त्यसकारण समितिले सरकारलाई गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग छलफल गरेर गोर्खाहरुका लागि छुट्टै कानुनी व्यवस्था ल्याउन निर्देशनात्मक आदेश दिएका छौं भनेको छ।

दूतावासमा बुझाएको ज्ञापनपत्र र Satyagraha/BGNCCC -UK/NEPAL ले लगाएको आरोप बारे:   

सर्वप्रथम: जहाँसम्म Satyagraha/BGNCCC -UK/Nepal का साथीहरुले “गोर्खाको मुद्दा रोकियो भने त्यसको जिम्मेवारी CNCBG ले लिनुपर्छ भनेर जुन भ्रम फैलाउने काम गरिरहनु भएको छत्यो त वहाँहरुले आफैले आत्मघाती काम गर्नुभएको छ। “काम गर्ने कालू मकै खाने भालू” भनेझैं भएन र? “काम बिगार्ने आफू दोष चाहिँ CNCBG लाईजब कि ९ जुनको राज्य व्यवस्था तथा सुशासन समितिको वैठकमा उहाँहरु स्वयं उपस्थित हुनुभएको थियो। हामीले दूतावासमा बुझाएको ज्ञापनपत्र त९ जुनमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलपस्चात समितिका सभापति मारामहरि खतिवडाज्यूले दिएको अभिव्यति र पत्र पत्रीकामा आएको समाचारपछि मात्र हो। त्यसैलेहाम्रो ज्ञापनपत्र कुनै अमुक व्यक्ति वा संस्थाप्रति लक्षित नभएर राज्य व्यवस्था तथा सुशासन समितिले हामीलाई बोलाउँछौं भनेर किन बोलाईएन साथै हामीले बुझाएको माग छलफलमा किन प्रस्तुत गरिएन भन्नेतिर लक्षित थियो।

दोस्रो: सिएनसिबिजिका अध्यक्षको भनाई: जतिबेला BGNCCC-UK ले मेरो नेतृत्वमा गोर्खाहरुको वंशजको नेपाली नागरिकता निरन्तरताको मुद्दालाई अगाडि बढाउॅदै थियोत्यतिबेला केही गोर्खाहरु, “गोर्खा र गैरआवासीय नेपाली नागरिक”मा के फरक छ भन्ने कुरै नबुझी धमाधम त्यसको सदस्यता बनिरहेको अवस्था थियो। त्यसो गर्नुमा त्यतिबेलाको NRNAका नेतृत्वकर्ताहरुको पनि ठूलो भूमिका थियो। किनभने गैरआवासीय संघको स्थापना  सिधासाधा गोर्खाहरुलाई प्रयोग गरेर २००३ सालमा भएको थियो र बेलायतबाटै सुरु गरिएको थियो। मैले गोर्खा भनेका को हुन र NRN भनेका को हुनयिनीहरुको पृष्ठभूमिमा के फरक छ,भनेर २००४ सालदेखि नै लागिपरेको थिएँ। यदि NRN ठिक हो भन्ने मलाई लागेको भए त मैले त्यतिबेलाई NRN भइसक्ने थिएँ । तर यो शब्द मैले २०२१ मा केही सल्लाह्कारहरुबाट सल्लाह पाएको हुँदा भिन्न अवस्था र परिस्थितिमा गोर्खाहरुलाई बुझाउन सकिन्छ होला कि भनेर प्रयोग गरेको थिएँ । तरहाम्रा गोर्खा अभियन्ताज्यूहरुलाई यो कुरा मन परेन। त्यसैले, BGNCCC-UK बाट नाम परिवर्तन हुँदै CNCBG ले गरेको कार्यक्रमहरु र वार्षिक साधारण सभाबाटै पनि मैले पटक पटक प्रष्ट पारिसकेको र माफी मागिसकेको छु। म कृष्ण बहादुर राईज्यू सन्तोष थलङफुर्वा सेर्पा र होम किराँतज्यूलाई हाम्रा ती कार्यक्रमहरु एकपटक राम्ररी हेर्न र सुन्न आग्रह गर्दछु। तर वहाँहरुले आफूले दफा ३(१)(४) बुझाउनु भयो र राज्य व्यवस्था तथा सुशासन समितिमा गएर छलफल गर्नुभयो र दिपावली मनाउनु भयो। तर समितिबाट वहाँहरुको कुरा नभएपछि आफ्नो गल्ती ढाकछोप गर्न त्यसको दोष मलाई देखाउन यो कुरा गर्नुभयो। कुरा प्रष्ट भएको छ। ढाँटेको कुरा र काटेको कुरा छोपेर छेकिन्न भन्ने उखान त्यसै भएको होइन।  त्यसो हुनाले, त्यसबेलादेखि अहिलेसम्म त खोलामा धेरै पानी बगिसकेको छत्यसैले अहिले आएर यसलाई कोट्ट्याइरहनुको कुनै औचित्य छैन।   

किन बुझाएको थियो CNCBG ले दूतावासमा ज्ञापनपत्र ?

• बृटिश गोर्खाहरुले बेलायतको आवासीय अधिकार तथा अंगिकृत नागरिकता ‘आफूखुसी’ लिएको नभई ती माथि उल्लेखित ऐतिहासिक सन्धिका आधारमा प्राप्त गरेका हुन । त्यसकारणहाम्रो मूल र एकमात्र माग भनेको — दफा १०(१) को परिमार्जन नै हो भनेर जानकारी दिन।   

•  राज्य व्यवस्था तथा सुशासन समिबाट अघिल्लो छलफलमा समितिका सभापतिज्यूले हामीलाई बोलाउँछौं भनेर आश्वासन दिनुभएको थियो, तर छलफलको दिन हामीलाई नबोलाईएको हुँदाअब आउँदो छलफलमा CNCBG को प्रतिनिधिहरुलाई अवश्य बोलाइयोस भनेर अनुरोध गर्न।  

 तसर्थ: हामी Satyagraha/BGNCCC-UK/Nepal का सबै मित्रहरुलाई राष्ट्र र गोर्खा समुदायको हित एवं भविष्यलाई ध्यानमा राखेर एकतावद्ध भई एकसाथ आवाज वुलन्द गर्दै अघि बढ्नकोलागि CNCBG मा फर्किन हार्दिक अनुरोध गर्दछौं।  

अन्तमा: हामी प्रत्येक क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण सांसदहरुकानुनविदबुद्धिजीवीपत्रकार साथै गोर्खा समुदाय पनि हाम्रै दाजुभाइ र परिवारका सदस्य हुन भनेर माया गर्नुहुने सम्पूर्ण नेपाली महानुभावहरु सबैमा, हाम्रो जायज मागको पक्षमा उभिई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ। साथै बेलायतवासी हाम्रा सम्पूर्ण गोर्खा अभियन्तादाजुभाइदिदीबहिनी र भान्जाभान्जीहरुमा त्यस्ता किसिमको आधारहीन भ्रम र अलमलमा नपरी हाम्रो जायज मागकोलागि नैतिकभौतिक र आर्थिक सहयोग गर्दै सिएनसिबिजिमा एकतावद्ध हुन विनम्रताका साथ हार्दिक आव्हान गर्दछौं।

धन्यवाद।

जय गोर्खा।

भक्त राना

महासचिव

सिएनसिबिजी

दलबहादुर बुढाथोकी

उपाध्यक्ष

सिएनसिबिजी

थर्क राना

अध्यक्ष

सिएनसिबिजी

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
x  Powerful Protection for WordPress, from Shield Security
This Site Is Protected By
Shield Security